२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसबाट शाह मुख्यमन्त्री

images

सत्कार खबर
  • २०८१ साउन २०, आइतबार
  • 531
    SHARES
  • सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसबाट शाह मुख्यमन्त्री


    काठमाडौं :सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा दाबी पेश हुदैछ। शुक्रबार दीर्घबहादुर सोडारीले राजीनामा दिएसँगै प्रदेश प्रमुख नाजिर मियाँले आज साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान  गर्नु भएको छ ।

     मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेश गर्ने तयारी गर्नु भएको छ । कांग्रेसको शीर्ष तहमा भएको समझदारीअनुसार यसअघि पनि मुख्यमन्त्री भइसकेका शाहकै नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको हो।  

    कांग्रेसबाट मुख्यमन्त्रीका अर्का दाबेदार दिवानसिंह विष्टले भने मुख्यमन्त्री को बन्ने भन्ने टुंगिइनसकेको बताए। थाहा सञ्चार नेटवर्कसँगको कुराकानीमा विष्टले मुख्यमन्त्रीमा दाबी पेश कसले गर्ने भन्नेबारेमा पार्टीमा छलफल जारी रहेको बताउनु भयो ।

    केन्द्रमा कांग्रेस एमालेबीचको समीकरण अनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो। कांग्रेस एमालेबीच नयाँ समीकरण बनेपछि गत असार २१ गते नै एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छोडेको थियो। त्यसपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले संवैधानिक अधिकार भन्दै विश्वासको मतसमेत परीक्षण नगरी झण्डै एक महिना सत्तामा बस्नु भएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ