काठमाडौं : इटहरीमा रहेको द ह्वाइट फेदर बुटिकको शाखा काठमाडौंको गणेशथानमा पनि खुलेको छ ।
गोंगँबुबाट २ सय मिटर भित्र पर्ने गणेशथान मन्दिर नजिकै अवस्थित गण्डकी कम्प्लेक्सको पहिलो तलामा खुलेको हो ।
उक्त पसलको चर्चित नायिका प्रियंका काकीले रिबन काटेर उद्घाटन गर्नु भएको छ । विहे र चाडपर्वहरुलाई लक्षित गर्दै बुटिकको खोलेको प्रोप्राइटर कृष्ण पाठकले जानकारी दिनुभयो ।
यसको मुख्य शाखा १० वर्षदेखि इटहरीमा सञ्चालनमा रहेको छ ।



