२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

images

  • २०८१ साउन २२, मंगलबार
  • 1.6K
    SHARES
  • देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ ।

    मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन जारी रहने छ । 

    विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार केही जिल्लामा अति भारी वर्षा हुने भएकाले सतर्क रहनुपर्ने छ । अति भारी, भारी र मध्यम वर्षाको वर्गीकरणसहित जारी बुलेटिन अनुसार प्राकृतिक विपत्विरुद्ध पूर्वतयारी तथा उद्धार तयारी गर्न उहाँले सरोकारवाला निकायलाई सुझाउनुभएको छ ।

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी केही स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ । 

    भारीदेखि अति भारी वर्षाको सम्भावना रहेका ३६ जिल्लामा बाढी, पहिरोलगायतको उच्च जोखिम रहेको महाशाखाले औँल्याएको छ । त्यस्तै वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिममा रहेका ३७ जिल्लामा पनि पूर्वतयारी आवश्यक रहेको जनाइएको छ । जसमा उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लासमेत रहेको छ । 

    मध्यमदेखि सामान्य वर्षा हुने सात जिल्लामा पनि खण्डित वर्षा हुन सक्ने भएकाले सतर्क रहन भनिएको छ । सोमबार रातिदेखि बुधबार रातिसम्म रातको समयमा बढी वर्षा हुने भएकाले पनि जोखिम बढ्न सक्ने अनुमान मौसमविद् कँडेलले गर्नुभयो । जसकारण सहरी भेग र तराईमा उच्च डुबान बढ्ने, राजमार्ग, हवाई यातायातसमेत प्रभावित हुने भएकाले मौसम सुधार नभएसम्म टाढाको यात्रा नगर्न महाशाखाले अनुरोध गरेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ