२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कालिमाटी तरकारी बजारमा आज : प्याज र रायो सागको मूल्य बढ्यो

images

सत्कार खबर
  • २०८१ साउन २२, मंगलबार
  • 1.1K
    SHARES
  • कालिमाटी तरकारी बजारमा आज : प्याज र रायो सागको मूल्य बढ्यो

    काठमाडौं :कालीमाटीमा आज केही तरकारीको मूल्य बढेको छ भने कतिपय तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेँडा छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ।

    गोलभेँडा १५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउको मूल्य ९५० रुपैयाँ छ।  कालीमाटीमा प्याज, ब्रोकाउली लगायतका तरकारीको मूल्य आकाशिएको छ। आज सुकेको भारतीय प्याजको मूल्य १०१ रुपैयाँ छ।

    हिजो भन्दा आज प्याजको मूल्य ३ रुपैयाँ बढेको हो।  हिजो प्रतिकिलो १९० रुपैयाँ रहेको ब्रो काउलीको मूल्य आज २१० रुपैयाँ पुगेको छ।

     त्यसैगरी कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, रातो आलु ७०, गाँजर ११०, बन्दा ४५, ज्यापु काउली ११०, लाम्चो भन्टा ४५, करेला ४५, परबल ५५, घिरौँला ३५, हरियो फर्सी ६५, स्कुस ५५, कन्य च्याउ १८०, डल्ले च्याउ ३२६, कुरिलो ४२६, ब्रोकाउली २१० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।

     हिजो कालीमाटीमा ठूलो गोलभेँडा ६६, गाँजर ९५, बन्दा ६६, स्थानीय काउली ६५, सेतो मुला १७, लाम्चो भन्टा ४६, करेला ३४, लौका ३५, परबल ५५, घिरौँला ३५, कन्य च्याउ १८६, डल्ले च्याउ ३२४ रुपैयाँ प्रतिकिलो थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ