२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लुम्बिनी विकास बैंकको शेयर बिक्रीमा, शेयरधनीले मात्र खरीद गर्न पाउने 

images

सत्कार खबर
  • २०८१ साउन २२, मंगलबार
  • 611
    SHARES
  • लुम्बिनी विकास बैंकको शेयर बिक्रीमा, शेयरधनीले मात्र खरीद गर्न पाउने 

     काठमाडौं :लुम्बिनी विकास बैंकले ४३ हजार २९९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।

    यस अघि असार १६ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले यो शेयर बिक्रीमा ल्याएको थियो । 

    ३५ दिनभित्र आवेदन पेश गर्न सकिने गरी बिक्रीमा आएको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरीद नगरेपछि अन्य व्यक्ति तथा संस्थामा बिक्रीमा आएको हो । 

    इच्छुक खरिदकर्ताहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    कम्पनीले गोपाल प्रसाद बास्तोलाको नाममा रहेको १५ हजार कित्ता, सुवास महर्जनको नाममा रहेको ४ हजार ७७६ कित्ता र शिवराज आचार्यको नाममा रहेको २३ हजार ५२३ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गर्न लागेको बताइएको छ । 
     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ