२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 शेयर बजारमा पहिरो ,कारोबार रकममा भने ऐतिहासिक रेकर्ड

images

सत्कार खबर
  • २०८१ साउन २२, मंगलबार
  • 601
    SHARES
  •  शेयर बजारमा पहिरो ,कारोबार रकममा भने ऐतिहासिक रेकर्ड

    काठमाडौं :शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक सय ४५ दशमलव शून्य पाँच अंकले घटेर दुई हजार ६ सय ५१ दशमलव ३२ विन्दुमा झरेको छ । बिहान ११ बजेर १७ मिनेटमा बढेर दुई हजार आठ सय १५ विन्दुमा पुगेको नेप्से बन्द हुने बेलामा उच्च अंकले घटेको छ ।

    आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, उत्पादन, विकास बैंक, बैंकिङ, फाइनान्स, जलविद्युत्, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज आठ वटा कम्पनीका शेयरमा नकारात्मक सर्किट लागेको छ ।

    बजार उच्च अंकले घटेको दिन थ्री स्टार जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।बजार घटे पनि कारोबार रकममा भने ऐतिहासिक रेकर्ड कायम भएको छ ।

    आज तीन सय २२ वटा कम्पनीका पाँच करोड ३८ लाख कित्ता शेयर २३ अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम अहिलेसम्मकै धेरै हो । यसअघि साउन १६ गते एकैदिन २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ