२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टीआरसी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै

images

सत्कार खबर
  • २०८१ साउन २३, बुधबार
  • 571
    SHARES
  • टीआरसी विधेयकको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइँदै

    काठमाडौं:संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएको तीन दलीय कार्यदलले प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने भएको छ।

    बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रतिवेदन बुझाउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सोमबार नै प्रतिवेदन बुझाउने कार्यक्रम भए पनि प्रधानमन्त्रीको व्यस्तताले बुझाउन नसकिएको र मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल विराटनगरमा रहेका कारण प्रतिवेदन बुझाउन केही दिन ढिला भएको बताइएको छ । 

    लामो समयपछि गत बिहीबार विवादित विषयमा कार्यदलले सहमति जुटाएको थियो।  कार्यदलले द्वन्द्वकालीन समयमा नियतवस वा स्वेच्छाचारी तरिकाले भएको हत्यालाई गम्भीर मानवअधिकार उल्लंघनमा राख्ने निर्णय गरेको छ।

    यसबाहेक यौनजन्य घटनालाई समेत गम्भीर अपराधमा समेटिएको छ। बहिर्गमित लडाकु र द्वन्द्वबाट प्रभावित सुरक्षाकर्मीका परिवारलाई पनि राहत परिपुरणको व्यवस्था गर्ने सहमति गरिएको छ।

    यस्ता घटनामा संलग्नलाई कति सजाय घटी गर्ने भन्ने विवाद दलहरूबीच थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ