२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

images

सत्कार खबर
  • २०८१ साउन २३, बुधबार
  • 741
    SHARES
  • नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु


    काठमाडौं:नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ ।  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको –एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।

    एयर डाइनेस्टीको हेलिकप्टर  दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जनाएको छ । हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दिएको छ ।

     नुवाकोटको शिवपुरी गाउँपालिका १ स्थित गुर्जेमा भएको दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य सुरु भइसकेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ