२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कामना सेवा विकास बैंकको १ लाख बढी संस्थापक शेयर विक्रीमा

images

सत्कार खबर
  • २०८१ साउन २४, बिहीबार
  • 1.2K
    SHARES
  • कामना सेवा विकास बैंकको १ लाख बढी संस्थापक शेयर विक्रीमा

    काठमाडौं:बिहीवार कामना सेवा विकास बैंक लिमिटेडले १ लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेको छ ।

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्री खुला गरेको हो ।

    यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । 

    तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर,काठमाडौंमा के कति शेयर कुन मूल्यमा खरीद गर्ने हो सो समेत खुलाई आवेदन पेश गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ