काठमाडौं :नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ।
प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन्। उनले त्यसको विस्तृत विवरण भने सरकारले गठन गरेको छानविन समितिले दिने पनि बताए।
सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ।



