२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 गभर्नरले मौद्रिक नीति खुकुलो ल्याउनु भयोः पूर्वमन्त्री पुन

images

सत्कार खबर
  • २०८१ साउन २४, बिहीबार
  • 746
    SHARES
  •  गभर्नरले मौद्रिक नीति खुकुलो ल्याउनु भयोः पूर्वमन्त्री पुन


    काठमाडौं :पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्र बैंकका गभर्नरले आफूसँग वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याएको देखिएको बताउनुभएको छ ।

    बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा   उहाँले गभर्नरले विगतमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई गभर्नरले साथ नदिएको बताउनु भयो । उहाँले अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएकाले गभर्नरले खुकुलो मौद्रिक नीति ल्याएको दाबी गर्नुभयो । उहाँले भन्ने मान्छेको मुख थुन्न नसकिने भएपनि बाहिर बसेर हेर्दा कहीँ न कहीँ गभर्नरको भुमिका त्यही देखिएको बताउनु भयो ।

    उहाँले धितोपत्र बजार बढ्नु राम्रो भएपनि पहिले नै सुधारका नीति लिन राष्ट्र बैंकले ढिला गरेको बताउनु भयो । उहाँले शेयर धितो कर्जाको सीमा पहिले नै हटाउनुपर्ने भएपनि अहिले मौद्रिक नीतिमार्फत हटाउनु राम्रो भएको बताउनु भयो ।

    उहाँले पुँजी बजारको सन्दर्भमा पारदर्शी कारोबार र व्यवस्थापनका लागि तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने बताउनु भयो । उहाँले पूर्वअर्थमन्त्री डा। महत र आफ्नो कार्यकाल अध्यक्ष नियुक्त नगर्र्दा सकिएको भन्दै अहिलेको अर्थमन्त्रीले पनि सक्ने÷नसक्ने हेर्न बाँकी रहेको बताउनु भयो । उहाँ वर्तमान सरकारले धितोपत्र बोर्डको अध्यक्ष कुनै चलखेल र बद्मासी विना उपयुक्त गर्नुपर्ने बताउनु भयो । उहाँले बोर्ड अध्यक्षमा योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने पक्षमा आफूहरु रहेको उल्लेख गर्नुभयो ।

    पूर्वअर्थमन्त्री पुनले धितोपत्र बोर्ड रोकिरहेको आईपीओ तत्काल खोल्न पनि आग्रह गर्नुभयो । उहाँले आईपीओ रोकिराख्नु राम्रो नभएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गरी आईपीओ नरोक्न आग्रह गर्नुभयो ।उहाँले यो वर्ष वित्त र मौद्रिक नीतिको तालमेल मिल्दा शेयर बजार सकारात्मक बनेको बताउनु भयो । उहाँले वित्त नीति बनाउँदा  नेपाल राष्ट्र बैंकका गभर्नरलाई समेतसँगै राखेरै मौद्रिक नीतिमा सहज हुनेगरी व्यवस्था गर्र्न सुल्झाएको स्मरण गर्नुभयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ