२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मानव अधिकार आयोग ‘क’ श्रेणीमै कायम

images

  • २०८० कात्तिक १५, बुधबार
  • 1.3K
    SHARES
  • मानव अधिकार आयोग ‘क’ श्रेणीमै कायम

    कात्तिक १५, काठमाडौं : अन्ततः राष्ट्रिय मानव अधिकार आयोगको प्रतिष्ठा जोगिएको छ। ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो।

    आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार गानरीको पछिल्लो बैठकबाट आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको छ। सरकार र सरोकारवालाको सहयोगका कारण आयोग घटुवाबाट जोगिएको हो।

    पेरिस सिद्धान्तअनुरुप आयोगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियोभने मानवअधिकार संरक्षणसम्बन्धी कानुन संशोधनमा सरकार र आयोग सकारात्मक रहेकाले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको हो। यसअघि गानरीमा नेपाललाई घटुवा गर्न सिफारिस भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ