२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

निर्मला कुर्मी हत्या प्रकरण :मुख्य अभियुक्तलाई मन्त्री बनाइएको भन्दै माइतीघरमा धर्ना

images

सत्कार खबर
  • २०८१ साउन २५, शुक्रबार
  • 1.1K
    SHARES
  • निर्मला कुर्मी हत्या प्रकरण :मुख्य अभियुक्तलाई मन्त्री बनाइएको भन्दै माइतीघरमा धर्ना

      काठमाडौं : बाँके नेपालञ्‍जकी निर्मला कुर्मीको हत्यासम्बन्धी प्रकरणका पीडितले पुनः आन्दोलन थालेका छन्‌ । सो हत्या प्रकरणमा आरोपित बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशको मन्त्री बनाइएपछि पीडितका आफन्त र अधिकारकर्मीहरूले आन्दोलन थालेका हुन्‌ ।

    कुर्मीविरुद्ध अदालतमा मुद्दा पठाउन सरकारले सहमति गरे पनि मुख्य अभियुक्त कुर्मीलाई नै प्रदेश मन्त्री बनाउँदै सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै पीडितहरू थप आक्रोशित छन्‌ । तीन बूँदे माग राख्दै उनीहरूले शुक्रबारदेखि पाँचौँ चरणको आन्दोलन शुरू गरेका हुन्।

    आन्दोलनकारीहरूले ‘हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाइयोस्‌’, ‘कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याइयोस्’ र ‘आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गरियोस्‌’ लगायत नाराबाजी गरिरहेका छन्‌ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ