२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विद्युत प्राधिकरण वीरगंजले ग-यो एक वर्षमा ५ अर्ब रुपैयाँ राजश्व संकलन

images

सत्कार खबर
  • २०८१ साउन २५, शुक्रबार
  • 931
    SHARES
  • विद्युत प्राधिकरण वीरगंजले ग-यो  एक वर्षमा ५ अर्ब रुपैयाँ राजश्व संकलन

     काठमाडौं :नेपाल विद्युत प्राधिकरणको वीरगंज वितरण केन्द्रले पछिल्लो एक वर्षमा करिब ५ अर्ब रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । पर्सा जिल्लामा गत वर्ष खपत भएको ५५ करोड ६३ लाख ७५ हजार ९ सय २५ युनिट विद्युतबाट महशुलको रुपमा केन्द्रले ४ अर्ब ९८ करोड ७७ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

    वितरण केन्द्रले गत वर्षमा जरिवानवापत मात्र ३६ करोड ५७ लाख४७ हजार रुपैया संकलन गरेको छ । समयमा विद्युतको महशुल नबुझाउने तथा प्रविकरणको मापदण्ड विपरित कार्यगर्ने ग्राहकलाई कारबाही गर्दै जरिवाना संकलन गरिएको वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवेले जानकारी दिनुभयो ।

    उहाँले गत वर्ष विद्युत चुहावट गर्ने ६० जना ग्राहकलाई नियन्त्रणमा लिई उनीहरुबाट ११ लाख भन्दा बढी रुपैयाँ राजश्व संकलन गरिएको बताउनुभयो ।

    विद्युत उपभोग गर्ने तर, समयमा महशुल नबुझाउने ३ हजार ६ सय १४ जना ग्राहकको लाइन काटी २८ करोड ६५ लाख ७५ हजार रुपैयाँ महशुलवापतको रकम संकलन गर्नुपर्नेमा ३ हजार १ सय ८९ जना ग्राहकले लाईन जडान गराउँदा गत वर्ष वितरण केन्द्रले २९ करोड ४३ लाख ७० हजार रुपैया भन्दा बढी राजश्व संकलन गरेको हो  । 

    १ हजार ३ सय ५३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा जिल्लाका ५६ हजार भन्दा बढी ग्राहकलाई विभिन्न २५ वटा फिडरमार्फत ४ सय १० वटा ट्रान्सफर्मरको सहयोगले लोड व्यवस्थापन गरी गुणस्तरीय विद्युत आपूर्ती गर्दै आएको वीरगंज वितरण केन्द्रले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ