२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पाँच जिल्लामा फैलियो हैजा, सङ्क्रमित सङ्ख्या ४७ पुग्यो

images

सत्कार खबर
  • २०८१ साउन २६, शनिबार
  • 991
    SHARES
  • पाँच जिल्लामा फैलियो हैजा, सङ्क्रमित सङ्ख्या ४७ पुग्यो


    काठमाडौं: देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

    सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।  

    बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ