२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एक बर्षमा युनिलिभर नेपालले कमायो १ अर्ब ९७ करोड नाफा

images

सत्कार खबर
  • २०८१ साउन २८, सोमबार
  • 1.1K
    SHARES
  • एक बर्षमा युनिलिभर नेपालले कमायो १ अर्ब ९७ करोड नाफा

     काठमाडौं : आर्थिक बर्ष २०८०र८१ को असार मसान्तसम्ममा युनिलिभर नेपालले १ अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०र८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले एक बर्षको अवधीमा १ अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७९र८० को तुलनामा ७.६ प्रतिशतले बढी हो ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा १ अर्ब ८३ करोड रुपैयाँ थियो ।कम्पनीको सञ्चालन आम्दानी घटे पनि अन्य आम्दानीमा भएको वृद्धि र कुल खर्चलाई केही घटाएपछि नाफामा टेवा पुगेको छ ।

    सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ४८ करोड रहेकोमा गत आर्थिक वर्ष ८ अर्ब २३ करोडमा झरेको छ । अन्य आम्दानी भने अघिल्लो आर्थिक वर्ष १९ करोड ३६ लाख रहेकोमा गत आर्थिक वर्ष २४ करोड ७ लाख छ ।

    त्यस्तै कम्पनीले कुल खर्च पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा कुल खर्च ६ अर्ब ४३ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ६ करोडमा झरेको छ ।

    यस्तै, यसअघि ६ अर्ब ४३ करोड प्रशासनिक लगायत खर्च रहेकोमा यसमा सुधार भएर ६ अर्ब ६ करोडमा सीमित भएको छ।  ९ करोड २१ लाख चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित आम्दानी चार अर्ब ७७ करोड रूपैयाँ छ। 

    कम्पनीसँग एक अर्ब एक करोड बराबरको बेच्न बाँकी र कच्चा सामानको भण्डारण छ। यसमा सामान्य वृद्धि भएको छ।  कम्पनीले बजारबाट एक अर्ब १८ करोड भुक्तानी प्राप्त गर्न बाँकी रहँदा तिर्न पर्ने यस्तो रकम एक अर्ब ९२ करोड छ। 

    कम्पनीको प्रतिसेयर नेटवर्थ २ हजार १४४ रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १ हजार ९८८ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ