काठमाडौं :नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९र८० को तुलनामा ३०.८ प्रतिशतले बढेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३९ करोड २९ लाख रुपैयाँ थियो ।कम्पनीको मुख्य बिजनेस आम्दानी अर्थात् खुद प्रिमियम आम्दानी भने ९.८ प्रतिशत बढेको छ ।
यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ३६ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ४० अर्ब ११ करोड रुपैयाँ छ । खुद प्रिमियम आम्दानीसहित कुल आम्दानी १२.३ प्रतिशत बढेको छ ।
कम्पनीको कुल आम्दानी अघिल्लो आर्थिक वर्षमा ५२ अर्ब ६७ करोड रहेकोमा गत आर्थिक वर्षमा ५९ अर्ब १७ करोड रुपैयाँ छ ।
कम्पनीको नाफा बढ्दा प्रतिसेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ४ रुपैयाँ ७९ पैसा थियो ।



