२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

साउनमा सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर

images

सत्कार खबर
  • २०८१ भदौ १, शनिबार
  • 496
    SHARES
  • साउनमा सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर

    काठमाडौं :चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ ।

    महालेखा नियन्त्रक कार्यालयले साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख रुपैयाँ खर्च भएको छ भने ९६ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ राजस्व उठेको जनाएकाृे छ  ।

    चालू आर्थिक वर्षको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर हो ।

    चालू आर्थिक वर्षका लागि सरकारले चालूतर्फ  ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

    सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ