२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सोलुखुम्बुका बाढी पीडितलाई प्रति परिवार ६५ हजार रुपैयाँ राहत प्रदान

images

सत्कार खबर
  • २०८१ भदौ १, शनिबार
  • 856
    SHARES
  • सोलुखुम्बुका बाढी पीडितलाई प्रति परिवार ६५ हजार रुपैयाँ राहत प्रदान

    काठमाडौं : सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकाले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाबाट ५० हजार रुपैयाँ र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

    बाढी प्रभावित क्षेत्रमा पुग्नुभएका सोलुखुम्बुका सांसद एवम् रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीमा रहनुभएका राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम शेर्पाले तत्कालका निम्ति राहत स्वरुप रकम दिएको बताउनुभयो ।

    शुक्रबार स्थानीय थामे खोलाको लेदोसहितको बाढीले गाउँका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्‍याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकी गरी २० घरमा क्षति भएको छ ।

    सिङ्गो गाउँ नै बगरमा परिणत भएको तथा भविष्यमा बसोबासका लागि योग्य नभएकाले अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको सांसद शेर्पाले जानकारी दिनुभयो । बाढीबाट एक सय जना विस्थापित भएका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ