काठमाडौं : भारतको पश्चिम बंगालको कोलकातामा एक प्रशिक्षार्ठ्ठी महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा नेपालमा पनि प्रदर्शन गरिएको छ ।
वैज्ञानिक समाजवादी विद्यार्थी र महिला संगठनले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो ।
कोलकाताको आरजी कर अस्पतालकी ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको अघिल्लो शुक्रबार बलात्कारपछि हत्या गरिएको थियो ।
चिकित्सकको शव आरजी कर मेडिकल कलेजको सेमिनार हलमा अर्धनग्न र चोटपटक लागेको अवस्थामा फेला परेको थियो ।



