२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयर संरचना परिवर्तन हुने

images

सत्कार खबर
  • २०८१ भदौ ३, सोमबार
  • 966
    SHARES
  • मेरो माइक्रोफाइनान्स लघुवित्तको शेयर संरचना परिवर्तन हुने

     काठमाडौं : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर संरचना परिवर्तन हुने भएको छ ।  संस्थाले एक सूचना प्रकाशित गर्दै हाल कायम रहेको पुँजी संरचनालाई परिवर्तन गरी संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत र सर्वसाधारण शेयरधनी समूहको ४९ प्रतिशत कायम गर्ने जनाएको हो । 

    हाल लघुवित्तमा संस्थापक संस्थापक शेयरधनी समूहको ५९.४० प्रतिशत र सर्वसाधारण शेयरधनी समूहको ४०.६० प्रतिशत शेयर स्वामित्व छ । सञ्चालक समितिको साउन १८ गते बसेको बैठकले नेपाल राष्ट्र बैंकमा स्वीकृति मागेको थियो ।

    राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई सकेको हुँदा शेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा सम्पूर्ण संस्थापक शेयरधनीलाई जानकारी गराएको हो । साथै संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नचाहने शेयरधनीहरूले ३५ दिनभित्र लिखित निवेदन दिनुपर्नेछ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ