२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सरकार दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छः अर्थमन्त्री पौडेल

images

सत्कार खबर
  • २०८१ भदौ ३, सोमबार
  • 961
    SHARES
  • सरकार दिगो र स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहन्छः  अर्थमन्त्री  पौडेल

     काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रवन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताउनुभएको छ । आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले पछिल्ला दिनहरुमा शेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै शेयर बजार अहिले उत्साहित रहेको बताउनु भयो । उहाँले शेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै शेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्ने बताउनु भयो ।

    उहाँले सरकारले लिएका नीतिहरुका कारण शेयर बजार उत्साहित रहेको बताउनु भयो । उहाँले सरकारले दिगो, स्थिर ढंगले शेयर बजार अघि बढेको हेर्न चाहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझावमाथि सरकार गम्भीर रहेको बताउनु भयो ।

    उपप्रधानमन्त्री पौडेलले नेपालको अर्थतन्त्र चुनौतिको बीचबाट गुज्रिएको बताउनु भयो । उहाँले अर्थतन्त्र शिथिल रहेको र यसलाई चलायमान नबनाएसम्म, उत्पादन र उत्पादकत्व वृद्धि नगरेसम्म, रोजगारी सिर्जना नगरेसम्म, लगानी अभिवृद्धि नगरेसम्म लगानीमैत्री वातावरण निर्माण नगरेसम्म समग्र राष्ट्रको आय र प्रतिव्यक्ति आयलाई नबढाएसम्म आर्थिक क्षेत्रमा चाहेको परिवर्तन सम्भव नरहेको बताउनु भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ