काठमाडौं :चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा चार हजारभन्दा बढी ऋणी कालोसूचीमा परेका छन् । यस महिना चार हजार ३५९ ऋणी कालोसूचीमा परेका हुन् ।
कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीयबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू कालोसूचीमा राख्ने गरेको छ । यसरी ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेमा कृषि फार्मदेखि होटल, सहकारी, उद्योगी, व्यापारी, व्यक्ति तथा कम्पनी परेको देखिन्छ ।
साउनमा ग्लासियर इन्टरनेशनल स्कुल एण्ड कलेज प्राली समेत कालोसूचीमा परेको छ । यो स्कुल साउन १४ गते कालोसूचीमा परेका हो । जसको सञ्चालक दिलीप कुमार विष्ट, दिवस शाक्य, हिक्मत थपलिया, जानकी शारण यादव र रेगन प्रसाईँ रहेका छन् । साउन ९ गते गोठालो फार्म हाउस वाइल्डलाइफ क्याप्स प्राली समेत कालोसूचीमा परेको छ ।
_kjpnj4bcnqiezbff9xe7xkyajsgw0zlzzvqdjiiqrd44hzgsfknmsmeibcpk.pdf :To download file click here



