२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नबिल बैंकले ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने

images

  • २०८१ भदौ ४, मंगलबार
  • 1.1K
    SHARES
  • नबिल बैंकले ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने

    काठमाडौं : नबिल बैंकले ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ । नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको हो ।

    बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो ।

    बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । सो आधारमा घर कर्जाको ब्याजदर १०.६३ प्रतिशत ब्याजदर हुन आउँछ ।

    तर, सो योजनाअन्तर्गत बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने बैैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ