२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज २ अंकले बढ्यो नेप्से परिसूचक ,कारोबार रकम घट्यो

images

सत्कार खबर
  • २०८१ भदौ ५, बुधबार
  • 821
    SHARES
  • आज २ अंकले बढ्यो नेप्से परिसूचक ,कारोबार रकम घट्यो

     काठमाडौं :शेयर बजार आज समान्य बढेको छ । दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ विन्दुमा पुगेको छ । आज बजार खुलेको ४ मिनेटमै नेप्से तीन हजार दुई विन्दुमा पुगे पनि बन्द हुने बेलामा टिक्न सकेन ।

    आज बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन कर्णाली विकास बैंक समूहको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज कारोबार रकम भने घटेको छ । गएको आइतवार झन्डै २९ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा आज तीन सय ३७ वटा कम्पनीका चार करोड १४ लाख कित्ता शेयर १८ अर्ब ९० करोड रुपैयाँको शेयर किनबेच भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ