२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई कुमारी बैंकको अनुरोध

images

  • २०८१ भदौ ५, बुधबार
  • 1.2K
    SHARES
  • खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई कुमारी बैंकको अनुरोध

    काठमाडौँ : बैंकले एक सूचना जारी गर्दै ग्राहक महानुभावहरूलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न अनुरोध गरेको हो। 

    नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन नं. ०१६/०८० बुँदा नं ८ बमोजिम बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको रु. ५० लाख भन्दा बढीको मुद्धती निक्षेपमा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (PAN) अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था रहेको र यस बैंकबाट निक्षेपकर्ताको खाताबाट आयकर ऐन २०५८ बमोजिम ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि PAN अत्यावश्यक रहेको जानकारी गराईन्छ । ग्राहक महानुभावहरुबाट स्थायी लेखा नम्बर (PAN) अद्यावधिक भएपश्चात निजहरुको करकट्टीको विवरण (E-TDS) सो नम्बरमा प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । यसले ग्राहक महानुभावहरुलाई करकट्टी र कर चुक्ता प्रमाणपत्र लिन सहज हुनेछ। 

    तसर्थ, सम्पुर्ण ग्राहक महानुभावहरुलाई आफ्नो पायक पर्ने नजिकको शाखामा सम्पर्क गरी वा यस बैंकको मोबाईल बैंकिङ्ग एप (Kumari Smart) मा रहेको "PAN Update” मा स्थायी लेखा नम्बर (PAN) अद्यावधिक गर्नुहुन यसै सूचनाबाट जानकारी गराउँदछौं । यसअघि बैंकलाई स्थायी लेखा नम्बर उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखामा सम्पर्क गर्नहुन समेत यसै सुचना मार्फत अनुरोध गर्दछौं ।

    कुमारी बैंक लि. डिजिटल बैंकिङ्ग प्रणालीको प्रवर्द्धन गर्दछ । कुमारी बैंककाे देशभर ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन्। आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

    1111.jpg
    kumari bank Limited

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ