२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एचआईडीसीएल को संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

images

सत्कार खबर
  • २०८१ भदौ ६, बिहीबार
  • 551
    SHARES
  • एचआईडीसीएल को संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

     काठमाडौं : हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ कम्पनीले साउन २९ गतेदेखि अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयरको बिक्री खुला गरेको छ ।

    उक्त शेयरका लागि जोकोही व्यक्ति, संस्था वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको सो शेयर खरिदका लागि बोलपत्र पेस गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बताइएको छ  ।

    शेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका साथै ग्लोबल आईएमई बैंकको शंखमूल–नयाँबानेश्वर, बिर्तामोड, हनुमानदास रोड, जनकपुरधाम, आदर्शनगर, हेटौंडा, नारायणगढ, न्युरोड–पोखरा, मिलनचोक, बाग्लुङ बजार, त्रिभुवनचोक, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा भदौ ६ गतेसम्म आवेदन पेस गर्नु पर्ने बताइएको छ  ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ