२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हुन्डाईको फेष्टिभ डिलाइट २०८१ योजना सार्वजनिक,भाग्यशाली बिजेताले गाडि जित्न सक्ने

images

  • २०८१ भदौ ६, बिहीबार
  • 926
    SHARES
  • हुन्डाईको फेष्टिभ डिलाइट  २०८१ योजना सार्वजनिक,भाग्यशाली बिजेताले गाडि जित्न सक्ने

    काठमाडौं : हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले दशैँ(तिहारलक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूको दशैँ तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले यो योजना ल्याएको हो । कम्पनीले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ । 

    यस वर्ष पनि सोही परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा रू.१० लाखसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रू.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्ने बताइएको छ । आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ ।

    आउँदै गरेको ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरूले पनि यस योजना बाट लाभान्वित हुन सक्नेछन। नाडा अटोशो २०२४ मा हुन्डाईको A*2 स्टल भ्रमण गरेर सम्पूर्ण अवलोकनकर्ताहरूले हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् ।सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ । 

    यसै अवसरमा हालै चलिरहेको ‘‘‘‘Hyundai Test Drive and Win’’ क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू हात खाली नहुने गरी प्राप्त गर्न सक्नु हुनेछ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ