काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
कम्पनीले पहिलोपटक गत असार २९ गते ३५ दिने सूचना जारी गर्दै ६४ हजार ९१९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधीनीहरुबाट ४४ हजार ९१९ कित्ताका लागि खरिद आवेदन परेको थियो ।



