२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पूर्व डीआईजी शाहविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन,भ्रष्टाचार गरेको आयोगको निष्कर्ष

images

  • २०८१ भदौ ७, शुक्रबार
  • 951
    SHARES
  • पूर्व डीआईजी शाहविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन,भ्रष्टाचार गरेको आयोगको निष्कर्ष

    काठमाडौं : पूर्व डीआईजी महेशविक्रम शाह विरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मध्य क्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा शाहले भ्रष्टाचार गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।

    विशेष अदालतले पुस ११ मा गरेको फैसलामा चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको छ । विशेष अदालतले शाहलाई ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना हुने ठहर गरेको थियो । मध्य क्षेत्रीय तालिम केन्द्रका तत्कालीन लेखापाल दीपेन्द्रप्रसाद पनेरुलाई पनि विशेषले शाहलाई समान जेल र जरिवाना हुने फैसला गरेको थियो ।

    प्रतिवादीहरू केशव सिंह ऐरी र सञ्जीव विशंखेले आरोपदाबीबाट सफाइ पाएका थिए । प्रतिवादी शाह र पनेरुले हानी नोक्सानी गरेको बिगोलाई भागबन्डा गरेर कैद तथा जरिवानाको सजाय घटाएर विशेषले गरेको फैसला त्रुटिपूर्ण भएको भन्दै आयोगले बदर गर्न माग गरेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ