काठमाडौँ : तनहुँकाे आँबुखैरेनीमा शुक्रबार दिउँसाे भएकाे बस दुर्घटनामा मृतककाे संख्या २१ पुगेकाे छ । दुर्घटनामा २२ जना घाइते भएका र उनीहरूमध्ये १४ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।
दुर्घटनास्थलबाट २१ जनाकाे शव निकालिएकाे र घाइतेहरूलाई अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ । २२ जना घाइतेलाई आबुँखैरेनी अस्पताल पठाएकाेमा उनीहरूमध्ये १२ जनालाई थप उपचारका लागि नेपाली सेनाकाे हेलिकाेप्टरबाट काठमाडाैं ल्याइएकाे छ ।



