२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तनहुँ बस दुर्घटना : मृतकका शवको परीक्षण शुरू

images

सत्कार खबर
  • २०८१ भदौ ८, शनिबार
  • 511
    SHARES
  • तनहुँ बस दुर्घटना : मृतकका शवको परीक्षण शुरू

     काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा हिजो भएको बस दुर्घटनाका मृतकको शव परीक्षण शुरू गरिएको छ । 

    आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण शुरू गरिएको हो ।पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको ज्यान गएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा ज्यान गएको हो ।

    आँबुखैरेनी अस्पतालमा ज्यान जाने २६ जनाको शव हिजो राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण शुरू गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । शव परीक्षण पश्चात भैरहवा हुँदै भारत पठाइने उहाँले जानकारी दिनुभयो ।सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई हिजो नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौ लगिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ