काठमाडौं :साताभरि नेप्से परिसूचक २६ दशमलव ३५ अंकले घटेको छ । विहीबारको कारोबारसम्म आइपुग्दा २ हजार ९७४.४६ मा बन्द भएको थियो। सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले यो साता तीन दिन शेयर कारोबार भएको हो ।
अघिल्लो साता ८ दशमलव ४७ प्रतिशत बढेर ३ हजार ८१ मा बन्द भएको थियो । तीन मात्र कारोबार भएको हुँदा यो साता कारोबार ४७ प्रतिशतले घटेको छ । अघिल्लो साता पाँचदिनमा १ खर्ब २७ अर्बको रुपैयाँको कारोबार भएको थियो भने यो साता ६६ अर्ब ९० करोड रुपैंयाँको कारोबार भएको छ ।
बजार पूँजी करण ४१ अर्बले घटेको छ । अघिल्लो साताको तुलनामा सामान्य घटेको छ । अघिल्लो साता ४७ खर्ब ६५ अर्ब पुगेकोमा यो साता ४७खर्ब २४ अर्बमा आइपुगेको छ ।
सर्वाधिक कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी र अपि पावर कम्पनी रहेको छ । कम्पनीको १ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ भने अपी पावर कम्पनीको १ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ । यो साता करोबारमा आउने गरेका १३ वटा समूहको सूचकमध्ये ६ वटा उपसमूहको सूचक बढेको छ भने ७ वटामा उपसमूहको सूचक घटेको छ ।



