२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नवलपुरमा थपिए दुई सय उद्योग, १९ लाख ८३ हजार राजस्व सङ्कलन

images

सत्कार खबर
  • २०८१ भदौ ८, शनिबार
  • 551
    SHARES
  • नवलपुरमा थपिए दुई सय उद्योग, १९ लाख ८३ हजार राजस्व सङ्कलन

    काठमाडौं : आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दुई सय ६ उद्योग थपिएका छन् । जिल्लामा पाँच सय ६८ उद्योगको नवीकरण गरिएको छ । 

    पर्यटन तथा उद्योग कार्यालय नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कार्यालय प्रमुख प्रभाकर घिमिरेले नवलपुरमा वन तथा पर्यटन उद्योगसँग सम्बन्धित उद्योग थपिने क्रम बढ्दो रहेको बताउनु भयो ।

    सोही आवमा जिल्लामा एक सय ४८ उद्योगले लगत कट्टा गरेका थिए। हाल जिल्लामा ६ हजार ६ सय ९१ उद्योग कायम रहेका उहाँले जानकारी  दिनु भयो ।  

    गत आवमा उद्योग दर्ता तथा नवीकरणबाट कार्यालयले रु १९ लाख ८३ हजार राजस्व सङ्कलन गरेको प्रमुख घिमिरेले बताए । यसैगरी, आव २०८०र८१ मा जिल्लामा वाणिज्यतर्फ दुई सय ९८ व्यवसाय दर्ता भएका छन् ।

    सो अवधिमा ८ सय ९९ व्यवसायीले व्यवसाय नवीकरण गर्दा दुई सय ६ व्यवसायको लगत कट्टा गरिएको छ। जिल्लामा गत आवसम्म आठ हजार पाँच सय सात व्यवसाय कायम रहेको उहाँले बताउनु भयो ।  

    जिल्लामा वाणिज्यसम्बन्धी दर्ता र नवीकरणबाट रु २४ लाख ३२ हजार राजस्व सङ्कलन गरिएको प्रमुख घिमिरेले बताउनु भयो ।  । हाल १५ हजार १ सय ९८ उद्योग तथा वाणिज्य व्यवसाय सञ्चालन छन् । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ