२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कैलालीमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु

images

सत्कार खबर
  • २०८१ भदौ ८, शनिबार
  • 616
    SHARES
  • कैलालीमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु

     काठमाडौं :कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो गौरीगंगा नगरपालिका-७ महुलिया बस्ने स्थान घर्तीमगरकी छोरीहरु ७ वर्षकी काजल र ४ वर्षकी नीताको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

    आफ्नै घरको भुइँतलाको खाटमा सुतेका उनीहरुलाई शनिबार सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रहरीका अनुसार सर्पको टोकाईबाट बालिकाकी हजुरआमा ५५ वर्षकी रिजु घर्तीमगर घाइते भएकी छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका भइरहेको छ ।

    शनिबार सर्पकै टोकाइबाट कैलालीमा अरु तीन जना पनि घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-१ बस्ने १३ वर्षीय उपेन्द्र केसी, गौरीगंगा नगरपालिका- ५ का १४ वर्षीय हेम बोहरा र जोशीपुर गाउँपालिका-३ कि ३४ वर्षीया उर्मिला कठरिया घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ