२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

देशभर मनसुनी वायुको प्रभाव,कोशी, बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना

images

सत्कार खबर
  • २०८१ भदौ ११, मंगलबार
  • 921
    SHARES
  • देशभर मनसुनी वायुको प्रभाव,कोशी, बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना

     काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव रहँदा कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले  मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास रहेको जनाएको छ।

    दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।  

    राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ