२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा, राष्ट्रपतिले अवलोकन गर्ने

images

सत्कार खबर
  • २०८१ भदौ ११, मंगलबार
  • 906
    SHARES
  • पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा, राष्ट्रपतिले अवलोकन गर्ने

    काठमाडौं :पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलिपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ ।

    २०५ औँ विजयोत्सव एवं भगवती रथजात्रालाई राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गर्ने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनु भयो। उहाँका अनुसार आज नै अमननारायणको रथ पनि निकालिने छ । यसवर्ष भगवती र अमननारायणको रथ निकाल्न तीथिले एकैदिन परेकाले आजै अमननारायणको रथ निकालिने भएको हो ।

    प्रजिअ काफ्लेले भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रममा पछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको बताउनु भयो। ।

    तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथयात्रा हुने गरेको छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट धुमधामका साथ विजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहँदै आएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ