२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गाडी प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो’ आजदेखि शुरू हुँदै

images

सत्कार खबर
  • २०८१ भदौ ११, मंगलबार
  • 896
    SHARES
  • गाडी प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो’ आजदेखि शुरू हुँदै

    काठमाडौं  :गाडी प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ आजदेखि शुरू हुँदै छ । अर्थमन्त्री विष्णु पौडेलले काठमाण्डौको भृकुटीमण्डपमा प्रदर्शनीको उद्घाटन गर्दै हुनुहुन्छ । ६ दिनसम्म चल्ने मेलामा २४ वटा ब्राण्डका चार पाङ्ग्रे, १० ब्राण्डका दुई पाङ्ग्रे र १२ ब्राण्डका हल्का गाडी रहनेछन् ।

    नाडाका अध्यक्ष करण चौधरीका अनुसार अटो शोमा ९५ वटा कम्पनीका लागि १ सय ३० वटा स्टलको व्यवस्था गरिएको छ । स्टललाई आकर्षक बनाउन कम्पनीहरुले निकै मेहेनत र खर्च गरेका छन् । ठूला कम्पनीले एउटा स्टल निमार्णको लागि ४० लाख रुपैयाँसम्म खर्च गरेको आयोजकले जनाएको छ ।

    अहिलेसम्मका नाडा अटो शो मा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको बाहुल्यता रहेकोमा यसपटकको प्रदर्शनी विद्युतीय गाडी केन्द्रित भएको छ । प्रर्दशनीमा बीवाइडी, टाटा, हुन्डाई, एमजी, नेटा, स्काईवेल, किया, महिन्द्रा, दिपल, सेरेस, जीएसी एवोन, ओमोडा र सिट्रोन लगायत कम्पनीका विद्युतीय कार आकर्षणका रुपमा रहेका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ