२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु महालक्ष्मी लाइफको साढे १० प्रतिशत लाभांश , ७ प्रतिशत हकप्रद सेयर

images

सत्कार खबर
  • २०८१ भदौ ११, मंगलबार
  • 811
    SHARES
  • प्रभु महालक्ष्मी लाइफको साढे १० प्रतिशत लाभांश , ७ प्रतिशत हकप्रद सेयर

    काठमाडौं :प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट १०.५२६ प्रतिशत लाभाश घोषणा गरेको छ।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस सेयर रहेको छ भने बाँकी ०.५२६ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

    भदौ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल धितोपत्र बोर्डमा १७ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति मागेको इन्स्योरेन्सले अब बोनस सेयर पश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले मात्र हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ।

    इन्स्योरेन्सले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन १७ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको थियो।

     

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ