काठमाडौं: स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ। आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ।
बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मूल्य हो ।यस अघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



