२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज

images

सत्कार खबर
  • २०८१ भदौ १३, बिहीबार
  • 586
    SHARES
  • एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज

     काठमाडौं :नेकपा एकीकृत समाजवादीको नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको आज शपथ ग्रहण हुँदै छ । शपथ लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने छ ।

    त्यसका लागि आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा भेला हुन पार्टी पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुलाई भनिएको छ ।

    उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार बैठकमा नेताहरुको जिम्मेवारी बाँडफाँट र पार्टीको आगामी योजनाबारे छलफल गर्ने तयारी छ । खासगरी पदाधिकारी र पोलिटव्युरोमा चुनावी प्रतिस्पर्धा गरेका तर पराजित भएकाहरुलाई व्यवस्थापनको विषयमा छलफल गर्ने नेताहरुको भनाइ छ ।

    नवनिर्वाचित पोलिटव्युरो सदस्य सुदेश पराजुलीका अनुसार आज शपथ ग्रहणपछि बस्ने बैठकमा नेताहरुको योगदानका आधारमा जिम्मेवारी तोक्ने र पार्टीका आगामी योजना तथा कार्यक्रमबारे छलफल गर्ने तयारी छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ