२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुईको  मृत्यु

images

सत्कार खबर
  • २०८१ भदौ १४, शुक्रबार
  • 661
    SHARES
  • पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुईको  मृत्यु

    काठमाडौं :पाँचथर  फालेलुङ ५ को डाँडागाउँमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई वालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु  हुनेमा ११ वर्षका दिपस्न साँवा र दुई वर्षका प्रियसा साँवा रहेका छन् ।

    दिपसनको इलाम अस्पताल र प्रियसाको विएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाचथर प्रहरी प्रमुख हेमन्त भण्डारी क्षेत्रीले बताए।  हिजो डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्केको हो । 

    घाइते ११ वर्षका पवन राई र दिप्सन राईको अवस्था भने सामान्य रहेको छ । कस्तो विस्फोटक पदार्थ के हो भन्ने खुली नसकेको प्रहरीले जनाएको छ । अन्य विस्फोटक पदार्थ रहेको आशङ्कामा राति देखिनै उक्त क्षेत्र सिल गरेर राखिएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ