२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मुनालाई गोली हान्ने बबी सिंह पक्राउ, आरोपितलाई मृत्युदण्ड हुनसक्ने

images

सत्कार खबर
  • २०८१ भदौ १४, शुक्रबार
  • 746
    SHARES
  • मुनालाई गोली हान्ने बबी सिंह पक्राउ, आरोपितलाई मृत्युदण्ड हुनसक्ने

    काठमाडौं:अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या आरोपमा बबी सिंह पक्राउ परेका छन् । उनलाई जघन्य हत्याको आरोप लगाइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    जघन्य हत्या अभियोगमा अमेरिकामा मृत्युदण्डसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।लुटपाटको क्रममा उनको हत्या भएको हुन सक्ने अदालती कागजमा उल्लेख गरिएको भए पनि पुष्टि भने हुन सकेको छैन । बबी सिंह शाह ५१ वर्षका रहेको बताइएको छ । उनलाई गैरकानुनी हतियार बोकेको आरोप पनि लगाइएको छ ।

    प्रहरीले मुनाको हत्यामा संलग्न फोटो सार्वजनिक गरेलगत्तै पक्राउ परेका थिए । ट्राफिक स्टपमा उनलाई पक्राउ गरिएको ह्युष्टन प्रहरीलाई उद्धृत गर्दै समाचारहरुमा जनाइएको छ । प्रहरीले बुधबार बिहान संदिग्ध हत्याराको फुटेज सार्वजनिक गरेपछि साँझ नै सिंह पक्राउ परेका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ