कात्तिक १६, काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १०.८६ अंक घटेर १८४७.७० को विन्दुमा रोकिएको छ। नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। त्यसैगरी,आज सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।
१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। हिजो ८१ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा आज २८१ स्टकको ४५ हजार ७६३ पटकको कारोबारमा ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरको ३७ लाख ४९ हजार कित्ता शेयर कारोबार भएको छ।
आज ४० स्टकको मूल्य बढेको छ भने १९० स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य स्थिर रहेको छ। जसमध्ये, होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ४.२७ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। यस्तै, म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत तथा व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ भने वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा आज आशा लघुवित्तको संस्थापक शेयर शीर्ष स्थानमा, १० करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, प्राइम कमर्सियल बैंकको करिब साढे ६ करोड रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ।
त्यस्तै, चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ६.०४ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावरको सर्वाधिक १० प्रतिशत घटेको छ।



