२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार?

images

सत्कार खबर
  • २०८१ भदौ १४, शुक्रबार
  • 586
    SHARES
  • हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार?

    काठमाडौं :नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ