२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

देशभर भयावह बन्दै डेङ्गी,  बिरामीको सङ्ख्या ६ हजार नाघ्यो

images

सत्कार खबर
  • २०८१ भदौ १५, शनिबार
  • 996
    SHARES
  • देशभर भयावह बन्दै डेङ्गी,  बिरामीको सङ्ख्या ६ हजार नाघ्यो

    काठमाडौं: देशभर डेङ्गीका बिरामीको सङ्ख्या ६ हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

    यस्तै सङ्क्रमणका कारणले तीन जनाको ज्यान गएको छ । डेङ्गीको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ जनामा सङ्क्रमण देखिएको छ । कोशी प्रदेशमा सात सय ९१, मधेसमा एक सय, बाग्मतीमा एक हजार ६ सय २३, लुम्बिनीमा चार सय ४४, कर्णालीमा ९३ र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जनामा सङ्क्रमण देखिएको छ ।

    सबैभन्दा धेरै प्रभावित जिल्ला तनहुँमा एक हजार एक सय १६ जना सङ्क्रमित छन् । यस्तै काठमाण्डौ जिल्लामा पाँच सय ११, भक्तपुरमा ६९ र ललितपुरमा एक सय जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

    यस्तै  देशभर हैजाका बिरामी ७५ जना पुगेका छन् । ललितपुर, काठमाण्डौ, प्यूठान, मकवानपुर, कैलाली र रोल्पामा हैजाका बिरामी भेटिएको महाशाखाले जनाएको छ । ललितपुरमा ५०, काठमाण्डौमा १०, कैलालीमा आठ, रोल्पामा चार, प्यूठानमा दुई र मकवानपुर एकजनामा हैजा पुष्टि भएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ