२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध , करोडौँ रुपैयाँको स्याउ अलपत्र

images

सत्कार खबर
  • २०८१ भदौ १५, शनिबार
  • 771
    SHARES
  • चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध , करोडौँ रुपैयाँको स्याउ अलपत्र

    काठमाडौं: चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ रुपैयाँको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

    हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका ६३ वटा ट्रक र  यात्रु बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् ।

    कालीकोट शुभकालिकाका गाउँपालिका–१ गगनेखोला सडकको पहिरो हटाउन जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो ।

    प्रमुख जिल्ला अधिकारी नेपालीले पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको बताउनुभयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ