२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पेट्रोलियम पदार्थको मूल्य घट्यो

images

सत्कार खबर
  • २०८१ भदौ १५, शनिबार
  • 1.1K
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

     काठमाडौं :नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

    आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोमिटर ३७ डलर मूल्य घटाइएको छ ।खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत नै छ ।

    नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य अब काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने  जनाइएको छ ।


     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ