काठमाडौँ : रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि.ले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सले २०७४ भदौ १५ गतेदेखि जीवन बीमा सेवा शुरू गरेको हो।
इन्स्योरेन्सले आठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराजसम्म पुर्याउन अहं भूमिका खेल्न हुने रिलायबल एडभाइजर नियमनकारी निकायहरु, लगानिकर्ता, अहोरात्रकामप्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकार बालाहरुलाई हार्दिक आभार व्यक्तगर्दछौ ।
हाल सम्मको उपलब्धीबाट हामिलाई थपकार्य गर्नको लागीउर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठुलो जिम्मेबारी वहनगर्नको लागीथप प्रेरणा प्राप्तहुने अपेक्षाका साथ समस्त stakeholders बाट थप सहयोग तथा विश्वास प्राप्तहुने अपेक्षापनि गरेका छौ । अगाडी दिनमाहामी सेवा उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ठ कारोबार गर्ने प्रतिबद्य्ता व्यक्त गर्दछौ ।
यस अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
इन्स्योरेन्सका अनुसार सात वर्षको अवधिमा इन्स्योरेन्सले चुक्ता पूँजी २ अर्ब ५० करोड रूपैयाँबाट ४ अर्ब ६४ करोड रूपैयाँ पुर्याएको छ। नियामक नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ कायम गर्न इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा प्रिमियम मूल्यमा सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गरेको थियो । १ अर्ब २० करोड रूपैयाँको प्राथमिक शेयर निष्काशन पछि ६४ करोड रूपैयाँको बोनश शेयर समेत वितरण गरि सकेको छ।
कार्यक्रमहरुको संक्षिप्तविवरहरु देहायबमोजिम रहेका छन् ।
दमक,नारायणगढ, लेखनाथ, वुटवल, नेपालगंजशाखाहरुमा रक्तदान, दमौलिशाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्यसिविर, धनकुटामा स्थास्थ्य सिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममाखाध्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरी मनाइयो ।




