काठमाडौँ : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लागि बोनश दर सार्वजनिक गरेको छ । सार्वजनिक सूचना अनुसार कम्पनीले विभिन्न बीमा योजनामा बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्युनतम १९ देखि ७५ रुपैयाँसम्म बोनश दर प्रदान गर्नेछ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनश दर सार्वजनिक गरेको हो ।
सावधिक जीवन बीमा (एकल) योजना अन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
सावधिक जीवन बीमा (रेगुलर) योजना अन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
दम्पती सावधिक बीमा योजनाअन्तर्गत १५ वर्षदेखि १९ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ बोनसदर कायम गरिएको छ। २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
त्रिपल सावधिक बीमा योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ बोनसदर कायम गरिएको छ। १५ वर्षदेखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
सावधिक तथा आजीवन योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
वार्षिक अग्रिम भुक्तानी योजनाअन्तर्गत १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। साथै, मुद्दति सुरक्षण बीमा योजनाका सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कमार्फत ५४ रुपैयाँ बोनसदर कायम गरिएको छ।
अग्रिम भुक्तानी योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ बोनसदर कायम गरिएको छ। १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
सावधिक योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
१५ वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अधिका लागि ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिका लागि ३० रुपैयाँ तथा सामूहिक सावधिक योजनाको सम्पूर्ण अवधिका लागि १९ रुपैयाँ बोनसदर तोकिएको छ।
सीमित भुक्तानी सावधिक योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि बोनसदर तोकिएको छैन। १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।
हालसम्म कम्पनीले सावधिक जीवन बीमा (रेगुलर) योजनामा ३२ हजार २ सय ९२ तथा सावधिक जीवन बीमा (एकल) योजनाका १ हजार ६ सय २९ वटा बीमालेख बिक्री गरेको छ।
यस्तै, त्रिपल सावधिक बीमा योजनाका १ हजार ३९ र दम्पती सावधिक बीमा योजनाका २ हजार ५ सय ३ वटा बीमालेख बिक्री गरेको छ। साथै, मुद्दति सुरक्षण बीमा योजनाका ८ हजार ८ सय ८९ बीमालेख बिक्री गरेको छ।
यसैगरी, १५ वर्षे अग्रिम भुक्तानी योजनाको ६ सय ३९, २० वर्षे अग्रिम भुक्तानी योजनाको २ सय ८९ तथा रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनाको ३ सय ६० वटा बीमालेख बिक्री भएको छ।
साथै, सामूहिक सावधिक योजनाको १ हजार ७ सय ६ , सावधिक योजनाका ३३ हजार ६ सय ५६, सीमित भुक्तानी सावधिक योजनाका ६ हजार २ सय ५४ ,अग्रिम भुक्तानी योजनाका ४ हजार ५ सय ४, वार्षिक अग्रिम भुक्तानी योजनाका १ हजार ९ सय २० तथा सावधिक तथा आजीवन योजनाका ३ हजार ५ सय ९ वटा बीमालेख बिक्री गरेको छ।
कम्पनीले घोषणा गरेको बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ । साथै कम्पनीको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले जनाएको छ ।



